जुम्लेखा भोजपुरद्धारा ११ जनप्रतिनिधिलाई सम्मान


भोजपुर,१६ भदौ ।
किरात साम्पाङ्ग राई जुम्लेखा भोजपुरले शनिवार स्थानिय तहमा निर्वाचित भएका किरात साम्पाङ्ग राई समुदायका ११ जना जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

जुम्लेखाले षडानन्द नगरपालिका उपमेयर मेरिका राई, टेम्केमैयुङ्ग गाउँपालिका उपाध्यक्ष इन्द्रवती राई सहित, वडा अध्यक्ष तथा सदस्य गरि ११ जनालाई सम्मान गरेको हो ।

जुम्लेखाका भोजपुरका अध्यक्ष वलिमान राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति किरात सामपाङ्ग राई जुम्लेखा नेपालका केन्द्रिय उपाध्यक्ष जित साम्पाङ्ग राई रहेका थिए । कार्यक्रम आदिवासी जनजाती भवनमा सम्पन्न भएको जुम्लेखाका सचिव छिवावुङ्गवाली राईले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार