भोजपुरमा पहिरोले ६० लाखको क्षति


भोजपुर, ४ साउन ।
अविरल वर्षाका कारण भोजपुरको उत्तरी क्षेत्रमा पहिरो जाँदा ६० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

षडानन्द नगरपालिका १ नेपालेडाँडाको चालिसे स्थित वालुवानीबाट दोभाने जाने तेन्जिङ हेलारी मार्गमा खनेको बाटोमा पहिरो जाँदा स्थानिय १६ जना कृषकले लगाएको अन्न बालीमा क्षती पुग्दा ६० लाख बराबरको क्षति भएको हो ।

कृषकले ३८ रोपनी क्षेत्रफलमो लगाएको धान बाली तथा रुदाक्ष खेतीमा क्षति हुँदा सो वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पहिरोले सवैभन्दा वढी स्थानिय इश्वर कार्कीको १८ लाखको क्षति भएको छ, भने स्थानिय कृषक रविधन राई र घमण्ड खड्काको ६/६ लाख वरावरको क्षति भएको प्रहरीको भनाई छ ।

पहिरोले स्थानिय कृषक मिन बहादुर थापाको एक लाख ५० हजार टंकबहादुर राईको एक लाख, राम बहादुर थापाको एक लाख ५० हजार, भरत कार्कीको एक लाख ५० हजारको क्षति भएको छ ।

त्यस्तै मिना राईको एक लाख, निल बहादुर थापाको दुई लाख, बिचारी कुमार खड्काको तीन लाख, गुरु प्रसाद राईको चार लाख, डम्बर बहादुर थापाको एक लाख ५० हजार, भरत बस्नेतको पाँच लाख, डिल्ली बहादुर थापाको पाँच लाख, भीम प्रसाद थापाको एक लाख ५० हजार र कालुमान राइको पनि एक लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

गत साउन २८ गते आएको अविरल वर्षाका कारण गएको पहिरोले सडक आसपासका एक सय देखि ५ सय मिटरमा रहेका घर जोखिममा रहे पनि तत्काल विस्थापीत हुने अवस्था नरहेको प्रहरीको भनाई ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार