भोजपुरको हतुवागढी गापा को २६ करोड ८ लाख वढी वजेट


भोजपुर, २८ असार ।
भोजपुर दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकाले आगमी आर्थिक वर्षको लागि २६ करोड ८ लाख १९ हजार वजेट सार्वजनिक गरेको छ । तेस्रो गाउँ सभाले ‘आर्थिक समृद्धिको आधार कृषि, उद्यम, पर्यटन, पुर्वाधार’ भन्ने मुलनाराका साथ वजेट विनियोजन गरेको हो ।

गाउँसभाले सडक विद्युत, खानेपानी, कृषि प्रद्धवर्दन, सस्कृति संरक्षण लगाएतमा प्राथमिकताका साथ वजेट विनियोजन गरेको छ । गाउँपालिकाका सवै वडाको लागि वडा स्तरिय कार्यक्रम सञ्चालनको गर्न तीन करोड ५० लाख, ५० हजार र गाउँपालिका स्तरिय योजना तथा कार्यक्रम सञ्चालनको लागि ७ करोड २१ लाख वजेट विनियोजन गरेको छ ।

त्यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ५१ लाख ८६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाकाले सवै वडामा सडक विस्तार, एक घर एक खानेपानी धारा, विद्युत विस्तार गर्ने लगाएत निति समेत पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले समृद्ध गाउँपालिका निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको वताउदै, सवै वडा कार्यलयबाट आएका योजना सम्वोधन गर्न नसकेपनि गाउँपालिकाका जनतालाई लाभ हुने तरिकाले वजेट सार्वजनिक गरेको प्रतिक्रिया दिए ।

उनले भने‘ स्थानिय तहका सवै वडाको तर्फबाट आएका योजनालाई एक साथ सम्वोधन गर्न नसके पनि जनता लाभ लिने तरिकाबाट वजेट सार्वजनिक गरेका छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार