भोजपुर, १५ जेष्ठ ।
जिल्ला कारागार कार्यालय भोजपुरमा विभिन्न कसुरमा जेल सजाए बिताइरहेका तीन जना कैद मिनाहा भएको छ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर दिएको कैद मिनहामा उनीहरुको कैद मिनाहा भएको हो ।
कैद मिनाहा हुनेमा डाका मुद्धामा १० वर्ष जेल जिवन विताईरहेका भोजपुर हेलौछाका नवीन कुमार राई रहेका छन् । राईको ५ वर्ष १० महिना ५ दिन मा कैद मिनाहा भएको हो । त्यस्तै कर्तव्य मुद्धामा २० वर्ष कैद सजाए भोगिरहेका षडानन्द नगरपालिका वडा नं १० साङपाङका नर बहादुर वि.क रहेका छन् । वि.क को ८ वर्ष ८ दिनमा कैद मिनाहा भएको हो ।
त्यसैगरी ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद सजाए भोगिरहेका षडानन्द नगरपालिका वडा नं १० साङपाङकै ढाडरे दालाक्पा भनीने दाछिरी शर्पा रहेका छन् । शेर्पाको २ वर्ष ६ महिना १२ दिनमा कैद मिनाहा भएको हो ।
११ औं गणतन्त्र दिवसको अवसरमा सरकारले असल चाल चलन भएका र कम्तिमा ४० प्रतिशत कैद भुक्तान गरीसकेका कैदिको कैद मिनाहा गरेको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र अधिकारीले जानकारी दिए ।