भोजपुर क्याम्पसमा पठनपाठन शुरु गर्न विद्यार्थी संगठनको माग


भोजपुर, २३ वैसाख ।
भोजपुर वहुमुखी क्याम्पस वन्द भएको विषयमा दुई विद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई ध्यानकर्षण गराएका छन् । क्याम्पसमा कृयाशिल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्याथी संघले ध्यानकर्षण पत्र वुझाएका हुन् ।

आंशिक प्रध्यापक संघले गत वैसाख २० गतेबाट पेशागत सुरक्षाको माग राख्दै वन्द गरेको क्याम्पसमा तत्काल पठन पाठन शुरु गर्नु पर्ने भन्दै दुवै विद्यार्थी संगठनहरुले छुटा छुटै ज्ञापन पत्र वुझाएका हुन् । माग पुरा गराउने नाममा आंशिक प्रध्यापक संघले गरेको वन्दलाई प्रसासनले वेवास्ता गर्दा विद्यार्थीहरुले पठन पाठन गर्न नपाएकोले तत्काल क्याम्पस खोलिनु पर्ने ध्यानकर्षण पत्र मार्फत माग गरिएको छ ।

क्याम्पस प्रमुख डा. रोहित कुमार श्रेष्ठलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष प्रताव तामाङ्ग सहित ४५ जना विद्यार्थीले ध्यानकर्षण पत्र वुझाएका हुन् ।

अनेरास्ववियूका क्याम्पस प्रारम्भिक कमिटिका अध्यक्ष प्रताव तामाङ्गद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा भनिएको छ, क्याम्प्सका प्रधापकहरुले गरेको यस्तो गतिविधिले स्वर्णिम सपना वोकी हिडेका विद्यार्थीहरुलाई सहयोगी भुमिका निर्वाह गर्नु पर्नेमा यसलाई मध्यनजर गर्दै दवावपुर्ण कार्यक्रमको वैकल्पीक वाटो अपनाई भोली अर्थात वैसाख २४ गतेबाट पठन पाठन सुचारु गर्न गराउन पहल गरिदिनु हुन क्याम्पस प्रमुख समक्ष हाम्रो संगठनको ध्यानकर्षण गराउदछौ ।

यस्तै तत्काल क्याम्पस सञ्चालनमा नआएमा नेपाल विद्यार्थी संघ पनि चरणबद्ध आन्दोलनमा जाने ज्ञापन पत्रमा उल्लेख गरेको छ । नेपाल विद्यार्थी संघ, भोजपुर क्याम्पस इकाईका सभापति टार्जन राईद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ , आन्दोलनरत पक्षलाई छलफलमा ल्याई मागको सम्वोधन गराउनको लागि आवश्यक पहल गरि क्याम्पसमा पठनपाठन हुने वातावरण सिर्जना गर्न क्याम्पस प्रसासन सहित आंशिक प्रध्यापक संघलाई ध्यानकर्षण गराउदछौ । पठपाठन तत्काल सञ्चालनमा नआएमा नेपाल विद्यार्थी संघ पनि चरणबद्ध आन्दोलनमा जाने व्यहोरा अनुरोध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार