भोजपुरको चरम्वीमा चट्याङ्ग लागेर २३ वर्षिय युवती घाइते


भोजपुर, २७ फागुन ।
भोजपुरको अरुण गाउँपालिका – ४ चरम्वीको ¥याङमा भखरै पानीसंगै परेको चट्याङ्गले एक घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङ्गले स्थानिय रोशन आले मगरकी २३ वर्षिय श्रीमती शान्ताआले मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।

चट्याङ्गले मगरको दाहिने पटीको छातीको भाग देखि खुट्टा सम्म डढेको कार्कीको भनाई छ । घाइते मगरको स्थानिय अरुण फार्मेशीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार