सुत्केरी श्रीमतीको ज्यान गयो, श्रीमान अस्पतालको शैय्यामा


पोखरा २७ फागुन, ।
छबिलाल लामिछाने झण्डै दुई सातादेखि अस्पतालको शैश्यामा छन् । घाँटीको समस्याले उपचार गराइरहेका छविलाल आफ्नी श्रीमतीलाई अस्पतालमा सुत्केरी गराउन ल्याउँदा बाबु बन्ने खबरले खुसी थिए ।

तर, छबिलालको खुसी शैश्याबाट उठ्न नपाउँदै सकिएको छ । उनी बाबु त भए तर श्रीमती गुमाए ।पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा श्रीमती धनमायाको ज्यान गयो । पोखरा–२१ निर्मलपोखरीकी ३२ वर्षीय धनमाया पोखरेलको क्षेत्रीय अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ज्यान गएको हो ।

अत्याधिक रक्तश्रापका कारण मृत्यु भएकी धनमायाको दुई पटक अप्रेसन गर्नुपरेको थियो ।धनमायाको निधनपछि अस्पतालमा तनाब सिर्जना भएको छ । धनमायाका आफन्त भन्छन्, ‘डाक्टरको लापरबाहीले उनको ज्यान गयो ।’ तर, अस्पतालका डाक्टरहरुले अत्याधिक रक्तश्रापका कारण उनलाई बचाउन नसकिएको बताएका छन् ।धनमायाका आफन्तले भनेडाक्टरको लापरबाही भन्दै शव बुझ्न मानेका छैनन् ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भएपनि कुनै सहमति भएको छैन । ‘दुई पटक अप्रेसन भएको छ । सामान्य डेलिभरी भएकी दिदीको लापरबाही नभए कसरी ज्यान जान्थ्यो रु’ भाइ रमेशको प्रश्न छ । अस्पतालका निर्देशक अर्जुन आचार्य भने डाक्टरको लापरबाही नभएको बताउँछन् । ‘उपचाररत सुत्केरीको ज्यान जाँदा आफन्तलाई लापरबाही लाग्नु स्वभाविकै हो तर, डाक्टर सकेको प्रयास गर्दागर्दै अत्याधिक रक्तश्रापले धनमायाको ज्यान गएको हो,’ अचार्यले भने ।

फागुन २५ गते धनमायालाई सुत्केरी गराउन अस्पताल भर्ना गरिएको थियो । उनको यो पहिलो बच्चा हो । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार