लेगुवा – भोजपुर सडक खण्डमा गरिएको अनिश्चिकालिन वन्द फिर्ता , यस्तो भयो सहमती


भोजपुर २४ फागन ।
अनिश्चितसमयका लागि आवहान गरिएको बन्द फिर्ता गरिएको छ । एईई परिक्षाको परिक्षा केन्द्र रातरात परिवर्तन गरिएको भन्दै विहिवारबाट भोजपुर – लेगुवा सडक खण्ड अनिश्चित कालको लागि गरिएको बन्द गरिएको थियो । बार्ता गर्ने सहमती भए संगै (आज) विहिवार विहान ११ः३० बजे बाट खुल्ला भएको हो ।

बन्दको कारण भोजपुरबाट हिडेका यातयातकासाधानहरु स्यामसिलामा रोकिएका थिए वन्द खुले संगै यातयातका साधानहरु आफ्नो गन्तव्यतिर  लगोको यातायात मज्दुरसंघ भोजपुरका अध्यक्ष महेश राई जानकारी दिए ।

जिल्ला प्रसासन कार्यालय तथा  जिल्ला शिक्षा कार्यालय संग बार्ता बस्ने सहमती भएकाले बन्द खुल्ला गरिको हो । यदि बार्ता सफल नभए पुन आन्दोलन गर्ने विद्यालय व्यावस्थापन समितिको अध्यक्ष निर वहादुर कार्कीले वताए ।

पौवादुम्मा गाउँपालिका –१ श्यामशिलाको राधकृष्ण माध्यमिक विद्यालय, विद्यालय व्यावस्थापन समिति, जनप्रतिनिधि ,राजनैतिक तथा स्थानियले, गत पौष ६ गते परिक्षा निर्धारण समितिले तोकिएको परिक्षा केन्द्र रातरात निर्णय परिवर्तन गरि राधकृष्ण माध्यमिक विद्यालय श्यामशिलाका विद्यार्थीलाई अर्कै केन्द्र पठाउने निर्णय गरिएको भन्दै वन्दको आह्वान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार