भोजपुरमा पनि सांङकेतिक भाषा कक्षा सञ्चालन गरिने, यस्तो छ सञ्चालनको तयारी !


सांङकेतिक भाषा कक्षा सञ्चालन गर्न लागिएको वालमन्दिर भवन ।

भोजपुर, १८ फागुन ।
भोजपुर जिल्लामा पनि सांङकेतिक भाषा कक्षा सञ्चालन गरिने भएको छ । जिल्लामा सांकेतिक भाषाको कक्षा सञ्चालन नहुँदा धेरै वहिरा तथा शुस्त श्रवण भएका वालवालिकालाई भइरहेको समस्यालाई ध्यानमा राख्दै कक्षा सञ्चालन गर्न लागिएको हो ।

जिल्ला वहिरा संघ भोजपुरले कक्षा सञ्चालन गरिनु पर्ने माग गरेपछि सांकेतिक भाषाको कक्षा सञ्चालनको तयारी गरिएको छ । जस अनुसार जिल्लामा आगमी शैक्षिक सत्र २०७५ देखि सांकेतिक भाषाबाट कक्षा सुरु हुने भएको हो । सांकेतिक भाषाको कक्षा सञ्चालनके लागि भोजपुर सदरमुकाम नजिकै भोनपा –९  मा रहेको वाल मन्दिरलाई छनौट गरिएको छ ।

शुक्रवार जिल्ला शिक्षा कार्यालय सहित जिल्लाका सरोकारवाला निकायले सो स्थानको स्थलगत अवलोकन गरि विगतको वालमन्दिरमा नै कक्षा सञ्चालन गर्न उपयुक्त रहेको ठहर गरेको हो ।

ऐश्वर्य राज्यलक्ष्मी शाहले २०३९ सालमा सो वालमन्दिरको स्थापना गरेकी थिइन् । विगतमा सो वालमन्दिरमा कक्षा – ५ सम्म अध्यायन हुने गरेको भए पनि विद्यार्थीको संख्या कम भएको भन्दै अन्यत्र सरिए पछि भवन करिव ६ वर्ष देखि अलपत्र अवस्थामा प्रयोग विहिन रहेको थियो । सो क्षेत्र करिव ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । अव त्यस स्थानका भौतिक संरचनालाई जिर्णद्धारा गरि कक्षा सञ्चालन गर्ने तयारी गरिएको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा १८ वर्षमुनिका १५ जना बहिरा तथा सुस्त श्रवण भएका बालबालिकाका रहेको जिल्ला वहिरा संघ भोजपुरका अध्यक्ष सिताराम ओझाले जानकारी दिए ।
बहिरा तथा सुस्त श्रवण शक्ती भएकाहरुका लागि जिल्लामा संकेतिक कक्षा नहुँदा कति वाहिरी जिल्ला जान वाध्य थिए भने कतिपय कक्षा लिनबाट नै वञ्चित हुने गरेका थिए । अव जिल्लामा नै कक्षा सञ्चालनमा आउने भए पछि वहिरा वालालिकाहरु खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार