भोजपुरमा यसरी अगाडी वढ्दैछ, तेस्रो साना सहरी खानेपानी योजनाको काम


भोजपुर,१० फागुन ।
सिलिचुङ्ग खानेपानी सरसफाई तथा मुल उपभोक्ता समितिले भोजपुर जिल्लामा सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी तथा सरफाई योजनाको विषयमा पत्रकार सम्मलेन गरेको छ । जिल्लामा निकै ठुलो लागतमा सञ्चालन गर्न लागिएको योजनाको सम्पुर्ण विषयमा जानकारी गराउने उद्धेश्य सम्मेलन गरिएको हो ।

नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोष क्रण २५ र उपभोक्ता समितिबाट ५ प्रतिशत गरि कुल ७० करोड ९१ लाख ९९ हजार १ सय ९४ रुपैया लागतको योजना सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । नगरक्षेत्रका विस्तृत सर्वेमा परेका उपभोक्ताहरुले चैत्रको मसान्त सम्ममा शुल्क वुझाई सक्नु पर्ने भएको छ ।

शुल्क वुझाउदा नयाँ उपभोत्ताले २५ हजार, पुराना उपभोक्ताले १५ हजार एन आई सिए यसिया वैकमा जम्मा गर्नु पर्ने समितिले जनाएको छ । उपभोक्ताहरुले सो रकम जम्मा गरे पस्चात तत्कालै योजनाको निर्माणको काम लगाडी वढ्ने सिलिचुङ्ग खानेपानी सरसफाई तथा मुल उपभोक्ता समितिकी उपाध्यक्ष लिलामाया तामाङ्गले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार