जिल्ला प्रसासन कार्यालय भोजपुरमा आधुनिक सुचना प्रणाली जडान, के छ, यसको फाईदा ?


भोजपुर,२२ माघ ।
जिल्ला प्रसासन कार्यालय भोजपुरमा आधुनिक सुचना प्रणाली जडान गरिएको छ । सेवाग्राहीलाई कार्यालयबाट प्रवाह हुने सवै खालका सेवा तथा सुचना वारेमा सहज रुपमा जानकारी गराउने उद्धेश्यले सुचना प्रणाली जडान गरिएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

 

उक्त सुचना प्रणालीबाट कार्यालयको विविध सुचनाहरु तथा सेवा लिनको लागि पुरा गर्नु पर्ने आवश्यक प्रक्रिया, नागरिक वडा पत्र लगाएतको वारेमा सेवाग्राहीले सहज रुपमा जानकारी लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । सुचना प्रणाली कर सहित २ लाख ९२ हजार १ सय ५ रुपैयामा जडान गरिएको जिल्ला प्रसासन कार्यालयको भनाई छ ।

 

सुचना प्रणाली जडान भएसंगै सेवा लिन सहज भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । सेवा प्रवाह तथा सुचना प्रणालीलाई अझ सहज वनाउन आगामी दिनमा मोवाइल एप्लिकेसन समेत सञ्चालनमा ल्याउने तयारी रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार