खोटाङ्गमा आएर यस्तो भने शेरधनले …


खोटाङ्ग १९ माघ ।

 

नेकपा एमालेका नेता शेरधन राईले तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने बताएका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ‘ला ज्लायो वाङथोप गुम्बा’को शुक्रबार शिलान्यास गर्दै एमाले पोलिटव्यूरो सदस्य राईले तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने बताएका हुन् ।

नेता राईले नयाँ सरकार देशमा स्थायी शान्ती र राजनैतिक स्थायीत्व कायम गर्दै सामाजिक सुरक्षा सहितको सम्मानको ग्यारेन्टी गर्ने बताए । उनले मुलुकको विकास र संबृद्धिको चाहनालाई मुर्त रुप दिन ठोस योजनाकासाथमा अगाडि बढ्नु नयाँ सरकारको कार्यभार हुने उल्लेख गरे ।

एमाले प्रदेश नम्बर १ का उपसंयोजक रहेका राईले भने, ‘आगामी फागुन ३ गतेसम्ममा ७ वटै प्रदेशमा प्रदेश सरकार निर्माण हुने र फागुन दोस्रो साताभित्र वाम गठबन्धन नेतृत्वमा स्थिर र बलियो सरकार बनाउनु छ ।’ कार्यक्रमका अधिकांश वक्ताले शेरधनलाई भावी मूख्या मन्त्रीकारुपमा सम्बोधन गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार