फागुनको दोश्रो हप्ता नयाँ सरकार वन्छ : शेरधन राई


भोजपुर, १६ माघ ।
फागुनको दोश्रो हप्ता सम्ममा वामगठवन्धनको नयाँ सरकार वन्ने पुर्व सञ्चार मन्त्री प्रदेश सभा तर्फ भोजपुर क्षेत्र नं – २ का सांसद शेरधन राईले वताएका छन् ।

मंगलवार पौवादुङ्मा गाउँपालिकाको प्रथम गाउँ सभाबाट पारित निति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा वोल्दै राईले यस्तो वताएका हुन् । नेपाली जनताले वामगठवन्धनलाई विस्वास गरेर झण्डै दुई तिहाई मत दिएकोले अव वन्ने सरकारले जनताको इच्छा र चाहना अनुसार काम गर्ने राईको भनाई थियो ।

केन्द्र र प्रदेश सरकार निर्माण भएपछि देश समृदि तर्फ लम्कने उनले वताए । राइले भने‘जनताले वाम गठवन्धनलाई विस्वास गरेर मत दिएकोले अव वन्ने सरकारले देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छ ।’

त्यस्तै सोही कार्यक्रममा वोल्दै प्रतिनिधि सभा सदस्य सुधन किरातीले भोजपुरको मुख्य लक्ष्य मुख्य मन्त्रीको रहेको वताउदै, निर्वाचन ताका मुख्यमन्त्री शेरधन राईलाई वनाउनु पर्छ भनेर भोट मागेकोले जिल्लाले मुख्य मन्त्री पाए पछि सोही अनुसार योजना वनाएर जिल्लाको विकासमा लाग्नु पर्ने वताए ।

 साथै किरातीले प्रदेश नम्वर १ को राजधानी विराटनगर तोकिएको भए पनि मुख्य मन्त्रीको कार्यालय भने इटहरीलाई वनाउन लाग्नु पर्ने वताए । उनले भने‘ हालको अस्थायी राजधानी विराटनगर तोकिए पनि मुख्य मन्त्रीको कार्यालय इटहरी वनाउनु पर्छ साथै धरानमा केहि मन्त्रालय र धनकुटामा व्यावस्थापिका सांसद राख्न पहल गर्नु पर्छ ।’

 

कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष किरण राईले गाउँपालिकाको क्षेत्रको विकासको लागि गुरु योजना वनाएर स्वास्थ्य, शिक्षा, खानेपानी,सडक, विद्युत विस्तारसंगै पर्यटकिय क्षेत्रको विकास गरिने वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार