श्रीमतीको हत्या आरोपमा एक पक्राउ


झापा, १५ माघ।
झापाको अर्जुनधारा नगरपालिका ४ बस्ने ५५ बर्षिय किशोर दनुवार  श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षिय श्रीमती डोमनी दनुवारलाई आइतबार बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

 

 

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिगई किशोरलाई नियन्त्रणमा लिएको छ भने घटनाबरे थप अनुसन्धान भइरहेको उक्त कार्यालयल जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार