भोजपुरको पावलामा हिँउदे सिंचाई योजना सञ्चालन हुँदै..


भोजपुर, ११ माघ ।
भोजपुरको दक्षिणी आमचोक गाउँपालिका –५ पावलामा वाम्राङ्ग खोला हिउँदे सिंचाई योजनाको शिलन्यास गरिएको छ । दुई हजार मिटर लम्वाई रहेको सिंचाई योजना निर्माण कार्य यहि फागुन महिना भित्रमा सम्पन्न गरिने जनाईको छ ।

सिंचाई योजना सगरमाथा विकास सस्थाद्धारा सञ्चालित गरिवी निवारण कोष कार्यक्रमको ९ लाख ९४ हजार ७ सय २३ रुपैंया र वाकी वाराङ्ग खृेला सामुदायिक सस्थाको श्रमदानमा गरि कुल १४ लाख ६१ हजार ८ सय २३ रुपैयामा निर्माण गर्न लागिएको सगरमाथा विकास संस्थाका कर्मचारी बेग वहादुर ठकुरीले जानकारी दिए । सिंचाई योजनाको विहिवार एक कार्यक्रम विच वडा अध्यक्ष रामप्रसाद राईले शिलन्यास गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार