भोजपुर खाद्य सस्थानमा चामल सकियो, कहिले आउछ, भोजपुरमा चामल ?


भोजपुर,९ माघ ।
नेपाल खाद्य सस्थान जिल्ला साखा कार्यालय भोजपुरमा चामल सकिएको छ । स्टक चामल सकिएपछि असोज महिनाबाट चामल वितरण गर्न नसकेको कार्यालयले जनाएको छ ।

हाल सस्थानमा कारगारका कैदीवन्दीको लागि मात्र स्टक चामल रहेको जनाइएको छ । गत आर्थिक २०७३/ ७४ मा एक हजार क्वीन्टल चामल ल्याइएको कार्यालयको भनाई छ । यस आर्थिक वर्षको लागि पनि चामलको टेन्डर भईसकेको कार्यालय प्रमुख भक्त वहादुर भण्डारीले जानकारी दिए ।

खाद्य सस्थानको चामल कमै मात्रामा खपत हुने गरेकोले यस वर्ष चामलको कोटा घटाएर ५ सय क्वीन्टलको लागि मात्र टेन्डर गरिएको भण्डारीको भनाई छ । ठेकेदारसंग सम्झौता गरेर चाडै नै चामल ल्याएर सर्वसाधरणलाई वितरण गरिने कार्यालयले जनाएको छ । त्यस्तै भोजपुरको दक्षिणी घोडेघारमा पनि चामल ल्याउनको लागि टेन्डर आह्वान गरिएको भए पनि हाल सम्म कसैले पनि टेन्डर नहालेको प्रमुख भण्डारीले जानकारी दिए । घोडेटारमा पनि ५ सय क्वीन्टकै लागि टेन्डर आह्वान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार