भोजपुर ७ माघ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन भोजपुरले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको वेला दुई शिक्षकलाई पक्राउ गरि निलम्वन गरिएको प्रति भत्सना गरेको छ । निर्वाचनको समयमा शिक्षकहरु गोपाल पराजुली र लोक वहादुर वस्नेतलाई पक्राउ पस्चात निलम्वन गरिएको प्रति भत्सना गरेको हो ।
संगठनले आज एक प्रेश वक्तव्य जारी गर्दै निलम्वनान परेका दुवै शिक्षकलाई यथासिग्र पुनरवहालीको माग समेत गरेको छ । संगठनको चौथौ जिल्ला अधिवेसनले पेशल तिमिल्सिनाको अक्ष्यतातामा ३५ सदस्य कार्यसमिति चयन गरे पश्चात आज वसेको पहिलो वैठकले प्रेश बक्तव्य जारी गर्दै यस्तो जनाएको हो ।
साथै भोजपुर जिल्लाको शिक्षाको विकाससंगै शैक्षिक गतिविधिलाई पारदर्शी र जवाफदेहि वनाउन संगठन प्रतिवद्ध रहेको प्रेश वक्तव्यमा उल्लेख छ । संठगनको हिजो भएको अधिवेसनले अध्यक्षमा पेशल तिमिल्सिना, उपाध्यक्षहरु शुशिला रायामाझी, गणेश प्रसाद गौतम, ऋदि वहादुर चर्मकार, गजेन्द्र कार्की, नविन राईलाई चयन गरेको छ । सचिव कुमार शिंह प्रधान सहसचिवहरुमा रमेश राई, हेमवहादुर राई र अर्थ सचिवमा शावित्रा खड्का सहित ३५ सदस्य कार्यक्रम समिति चयन गरेको हो ।