भोजपुर, ७ माघ ।
भोजपुर देखि (आइतवार) आजबाट भने समय तालिका अनुसार बस पठाएको संयुक्त बस व्यावसायी संघले जनाएको छ । धनकुटाको आमहट्ताल यथावत रहेको भए पनि आइतवारबाट भने समय तालिका अनुसार वस सञ्चालन गरिएको भोजपुरका संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए ।शनिवार दुई ओटा वस धरानको लागि छुटिसकेको उनको भनाई छ ।
वेलुका ५ वजेबाट विहान ५ वजे सम्म वन्दलाई केहि खुकुलो वनाएकोले वस पठाएको जनाइएको छ । यहाँबाट विहान नै वस छुटे पनि धनकुटाको पाख्रीवासबाट भने वेलुका ५ वजे पछि मात्र धरान तर्फ लाग्ने राईको भनाई छ । धरानबाट पनि सोहि अनुसार बस छुट्ने जनाएको छ ।
धनकुटा प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले रातको समयमा आएका वसहरुलाई स्कटिङ्ग गरेर गन्तव्य तर्फ पठाउने गरेको वताए । वेलुका ५ वजेबाट विहान ५ वजे सम्म यातयात सञ्चालनमा अवरोध नगर्ने जनाइएको भए पनि आन्दोलनकारी त्यसको पुर्णरुपमा पालना नगरेको उनको भनाई छ । एसपी भण्डारीले भने ‘वन्दकर्ताले यातयात सञ्चालन गर्न दिने भनिएको समयमा पनि अवरोध गरिरहेको छन्, गएराती पनि विभिन्न ठाउँमा सडक अवरोध गर्न लागि ढालिका रुख तथा ढुङ्गा हटाएर यात्रुहरुलाई गन्तव्य तर्फ पठाएको छौ ।’