भोजपुर १ माघ । स्थानिय तहका कर्मचारीलाई खाद्य सुरक्षाको विषयमा ज्ञान दिने उद्धेश्यका साथ गाउँ तथा नगर स्तरिय खाद्य सुरक्षा अनुगमन तथा योजना तर्जुमा सम्वन्धी तीन दिने तालिम सदरमुकाममा शुरु भएको छ । स्थानिय तहका कर्मचारीलाई खाद्य सुरक्षा प्रतिकार्य योजना वनाएर खाद्य सुरक्षाको अवस्था सुढृदीकरणको लागि तालिमको आयोजना गरिएको हो ।
यस अघिको समयमा जिल्ला स्तरबाट खाद्य सुरक्षाको अवस्था विश्लेषण हुने गरेकोमा परिवर्तित संरचना अनुसार यो जिम्वेवारी स्थानिय तहका गएको कारण स्थानिय तहमा काम गरिरहेका कर्मचारीलाई सो सम्वन्धी ज्ञान दिनको लागि तालिमको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय भोजपुर का सुचना अधिकारी युगमणी भट्टराईले जानकारी दिए । तालिम कृषि विकास मन्त्रालयको आयोजना र विश्वखाद्य कार्यक्रमको प्राविधि सहयोगमा सञ्चालन गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालयको तालिम हलमा सञ्चालन भईरहेको तालिममा भोजपुर नगरपालिकाका स्थानिय तहका कर्मचारीहरुको सहभागीता रहेको छ ।