नेपाली मूलका युवा बने अमेरिकी स्थानीय चुनावमा उम्मेदवार


 

न्यूह्यामसर । अमेरिका अमेरिकाको न्यूह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका एक यूवाले उमेद्धारी दिएका छन् । न्यूह्यामसर राज्यको म्यान्चेष्टरमा बस्दै आएका माधव गुरुङले स्थानीय म्यान्चेष्टर शहर नगरपालिकाको वार्ड नं. १२ को सेलेक्टम्यान पदमा उमेद्धारी दिएका हुन् ।

सेलेक्टम्यान पद नेपालको नगरपालिकाको वार्ड सदस्यजस्तै पद हो । गुरुङलाई डेमोक्रेटिक पार्टीले उक्त पदको लागि उमेद्धारको रुपमा चयन गरेको हो । आगामी नोभेम्बर ७ तारिखका दिन सम्पन्न हुने चुनावमा गुरुङले अन्य ६ जना उमेद्धारहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

 

३ सेलेक्टम्यान पद रहेको उक्त वडामा डेमोक्र्याट र रिपब्लिकन पार्टीका ३र३ जनाले उमेद्धारी दिएका छन् । ‘अमेरिकी मूलधारका प्रमुख पार्टीले आप्रबासी मूलका मानिसहरुलाई पत्याएर टिकट दिनु प्रमुख कुरा हो, जित्नु वा हार्नु दोस्रो कुरा हो’ उमेदवार गुरुङले भने ।

गुरुङ सन् २०१२ यता डेमोक्र्याट पार्टीको स्थानीय तहमा क्रियाशिल छन् । ‘मैले यो अवसर पाएकोमा एकदमै हर्षित छु’ गुरुङले थपे ‘यो अवसरले हामीजस्ता आप्रबासीहरुलाई पहिचान मात्रै दिलाएको छैन, आप्रबासीहरुसँग पनि राजनैतिक नेतृत्व गर्ने क्षमता छ भनेर मूलधारका पार्टीले पत्याएका छन्, उसमाथि नेपाली मूलका अमेरिकनहरुलाई यो अवसले उत्साहित बनाएको छ ।’

नेपालको इलाममा जन्मिएका गुरुङ विगत १० बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । साउदर्न न्यूह्यामसर युनिभर्सिटीका विद्यार्थीसमेत रहेका गुरुङ न्यूह्यामसर नेपाली समाजका सचिव, गुरुङ (तमु) समाज न्यूह्यामसरका महासचिव तथा न्यूह्यामसर पब्लिक रेडियोका संचालन सदस्य हुन् ।

गुरुङ न्यूह्यामसर राज्यका देस्रो डेमोक्र्या्टिक उमेदवार हुन् । यसअघि गतबर्षको चुनावमा नेपाली मूलकै स्थानीय मदलशा गुरुङलाई स्टेट रिप्रेजेन्टेटिभ (राज्य प्रतिनिधि) को रुपमा उमेदवार बनाएको थियो । एजेनसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार