भोजपुर हातेमालो सेवा समाज युएईद्धारा हेलौछाका मृगौला पीडितलाई आर्थिक सहयोग


भोजपुर, ६ चैत्र ।
भोजपुर हातेमालो सेवा समाज युएईले मृगैला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले दुवै मृगौला फेल भएका भोजपुर नगरपालिका -२ हेलौछा घर भई दुवईमा कार्यरत सुर्य बहादुर तामाङलाई ७९ हजार ९४२ रुपैया सहयोग गरेको समाजका बरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।
भोजपुर हातेमालो सेवा समाज यूएईका केन्द्रीय अध्यक्ष भिम थापा नेतृत्वमा बसेको वैठकले गोविन्द ढकाल सहित अन्य संस्थासंगको सहकार्यमा पीडितलाई आर्थिक सहयोग गर्नको लागि निर्णय पारित गरेर सहयोग अभियान सञ्चालन गरिएको थियो । सहयोग हस्तान्तरणमा केन्द्रीय महासचिव रामकुमार तिरुवा, केन्द्रीय सल्लाहकार ज्ञानेन्द्र बहादुर राई, केन्द्रीय कोषध्यक्ष अस्मि तामाङ, केन्द्रीय उपाध्यक्ष बिमल लामिछानेको उपस्थिति रहेको थियो ।
समाजले भोजपुरवासिहरुलाई समेटेर सहकार्य गरि मुख्य रुपमा बैदेशिक रोजगारीको शिलशिलमा विपतमा परेकाहरुलाई सहयोग गर्दै आएको छ,भने भोजपुरलाई लक्षित गरेको विभिन्न खाले समाजिक कार्य समेत गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार