एनआरएनए सम्मेलनमा लपडा नै लफडा : मर्यादा भुलेर हायात होटलमा कुर्सी भाँचाभाँच


काठमाडौं, ३०असोज । नेपाल र नेपालीको हितमा सक्रिय भनिएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० को नवौँ बिश्व सम्मेलन सुरु भएदेखि नै लफडामा फसेकको छ। राष्ट्रपति बिद्यादेवी भण्डारीले हायात होटलमा २८ गते उद्घाटन गर्नुअघिदेखि नै विवादमा फसेको एनआएरएनएको सम्मेलनमा एकपछि अर्को लफडा र गाईजात्रा देखिएको छ ।

राजनीति हावी भएको भन्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोसहितको बहिष्कार प्रकरणबाट सुरू भएको लफडा तोकिएको समयमा मतदानसमेत हुन नसकी नारावाजीमा परिणत भएको छ । बुधवारका लागि तोकिएको मतदान नभएपछि आज १० बजेसम्मका लागि स्थगित गरिएको छ । मतदान नभएपछि हायात होटलको सम्मेलनस्थलमा नाराबाजी, गालीगलोज मात्रै होइन, तोडफोड र हुलदंगामै उत्रिएका छन्। यो ताण्डव देखेका र सुनेका केही एनआरएनहरुले यसलाई लज्जास्पद भनेका छन्।

सरकारको समेत लगानी रहेको सम्मेलनस्थल हायात होटलमा चुनावी प्रक्रियामा धाँधली भएको भन्दै तोडफोडमा उत्रिएपछि कयौँ कुर्सी भाँचिएका छन् भने सुरक्षाकर्मीले बल नै प्रयोग गर्नुपरेको छ। डेलिगेड्सहरु तोडफोडमा उत्रिएपछि बुधवार साँझ सम्मेलनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालित गरिएको थियो। त्यसअघि प्रतिनिधिहरुले मतदान सुरु नभएको भन्दै नाराबाजी र तोडफोड गरे। आक्रोशित समुहले मतदानस्थल बहिरका केही टेबल र कुर्सी फुटाएका थिए। मतदान स्थगित भएपछि पुनः नाराबाजी भएको थियो। करिब २५ सय प्रतिनिधि सहभागी भनिएको एनआरएनए सम्मेलनको बन्दसत्रका क्रममा अधिकांश कुर्सी खाली थिए।

बन्द सत्रमा पदाधिकारीहरुले प्रतिवेदन पेश गरेको समयमा जम्मा एक सय जना पनि प्रतिनिधि नभएको भन्दै आलोचना भएको थियो। कुर्सी खाली देखेपछि सम्मेलनमा भन्दा चाड मनाउन आउनेहरुका कारण यस्तो भएको भन्दै कटाक्ष भएको थियो। त्यसो त यो सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिले विमानस्थलबाटै तोडफोड सुरु गरेका थिए । एनआरएनहरुले काठमाडौं उत्रिनेबित्तिकै तोडफोड र अराजक व्यवहार देखाउन थालिसकेका थिए।

अस्ट्रेलियाबाट सम्मेलनमा भाग लिन आएका रमेश थापाले गत आइतवार राति त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तोडफोड गरे। त्यसपछि उनलाई प्रहरीले पक्राउ गर्यो। एनआरएनका प्रतिनिधि रमेश थापालाई एक दिन प्रहरी हिरासत र एक दिन अध्यागमन विभागको हिरासतमा राखेर ५० हजार धरौटीमा छाडिएको छ। थपासँगै अष्ट्रेलियाबाट नेपाल आएकी एक महिलालाई २५ हजार मात्र जरिवाना गराइएको छ।

सीसीटिभी फुटेजमा देखिएअनुसार उषा किरण बरिया नाम गरेकी महिलाले आफुले तोडफोड नगरे पनि थापालाई उक्साएकाले २५ हजार जरिवाना तिराइएको छ ।

एनआरएनएको ४२ पदका लागि आज हुन लागेको निर्वाचनमा कुमार पन्त र कुल आचार्यले प्यानलसहित अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । जर्मन निवासी पन्त र बेलायत निवासी आचार्य दुवैले प्यानल बनाएर उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

प्यानलअनुसार चार उपाध्यक्षमा पन्तसमुहबाट डा बद्री केसी, रसिया०, अर्जुनकुमार श्रेष्ठ ९बेल्जियम०, धर्मराज अधिकारी ९अष्ट्रेलिया० र सोनाम लामा ९अमेरिका० पर्नुभएको छ । यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी ९रसिया० पन्त टीममा पर्नुभएको छ । उता आचार्य समुहले उपाध्यक्षमा मन केसी ९अष्ट्रेलिया०, नरेन्द्र भाट ९मध्यपूर्व०, डा केशव पौडेल ९अमेरिका० लाई उठाएको छ भने महिला उपाध्यक्षमा रबिना थापा ९अमेरिका० लाई राखेको छ । पन्त समूहले महासचिवमा बेलायत निवासी प्राडा हेमराज शर्मालाई अघि सारेको छ भने आचार्य समुहबाट महासचिवमा जानकी गुरुङ हुनुहुन्छ ।

यस्तै सचिवमा सात जनाको उम्मेद्वारी परेको छ । अमेरिका निवासी गौरीराज जोशी, कतारका आरके शर्मा, बेल्जियमका शिवकुमार बरुवाल, बेलायतकी शुष्मा राई, बिनय अधिकारीसहित सात जनाको उम्मेद्वारी परेको हो । कोषाध्यक्षमा जापानका सुदन थापा र महेशकुमार श्रेष्ठबीच भिडन्त हुनेभएको छ । नेपाली कांग्रेसका नेताडा प्रकाशशरण महत सम्मेलनस्थलमैपुगेर कोषाध्यक्षका अर्का प्रत्यासी सोम सापकोटालाई श्रेष्ठका लागि छाडन निर्देशन दिएपछि सापकोटाले उम्मेद्वारी फिर्ता लिएको जानकारी आफ्नो प्रतिनिधिलाई गराइसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार