‘भोजपुर हातेमालो समाज युएई’द्धारा सहयोग


समाजका पदाधीकारीहरु ।

भोजपुर, १८ वैसाख ।
‘भोजपुर हातेमालो समाज युएई’ले बैदेशिक रोजगारीमा आपत बिपत परेका समितिमा आवद्धहरुलाई सहयोग गरेको छ ।
समाजको नीति तथा कार्ययोजना अनुसार समाज अन्तर्गत अबुधावि क्षेत्रीय समितिका उपाध्यक्ष चेलि यदुका फोम्बो आजिवन सदस्यलाई मानविय सहयोग सहयोग गरेको हो ।

एक कम्पनीबाट अर्को मा परिवर्तन गर्दा धेरै खर्च आएको हुँदा फाम्वोलाई नेपाली २३ हजार सहयोग हस्तान्तरण गरेको हो । सहयोग रकम केन्द्रीय समितिका प्रवक्ता काजल राईले हस्तान्तरण गरेकी हुन् । त्यस्तै केन्द्रीय कोषाध्यक्ष लक्ष्मि राईको आमा विरामीभई काठमाडौ अस्पतालमा उपचार गराईरहेको हुँदा २९ हजार हस्तान्तरण गरिएको केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र वहादुर राईले जानकारी दिए ।

।समाजले आपत बिपत अवस्थामा पनि प्रवासी हातेमालो समाजमा आवद्धहरुलाई आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने समाज क्षेत्रीय अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।

साथै समाजले विभिन्न समस्यामा परेकाहरुलाई सहयोग र समान गर्ने गरेको साथै विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका महानुभावहरुलाई कार्यक्रममा उपस्थित गराई सम्मान समेत गर्दै आएको समाज बरिष्ठ उपाध्यक्षमा प्रेम शेर्पा ले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार