युवतीलाई जबरजस्ती करणी गर्ने वडा सदस्य पक्राउ


पाँचथर । पाँचथरकोे फालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेका रहस्य सार्वजनिक भएको छ ।पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवति बनाएको उजुरी दिएपछि गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ गरिएका गुरुङ उपर जबरजस्ती करणी मुद्धा अन्तर्गत म्याद थप गरि अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताउनुभयो । जिल्लाको फाल्गुनन्द–१, नवमीडाँडामा प्रहरी असइले करणी गरी एक बालिकालाई गर्भवति बनाएको घटना सेलाउँन नपाउँदै वडा सदस्यबाटै जबरजस्ती करणी भएको अर्को घटना सार्बजनिक भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार