धनकुटामा अनिश्चितकालिन कफ्र्यु जारी


नाराण कुमार राई,
धनकुटा ४ माघ । सरकारले प्रदेश नं।१ को राजधानी बिराटनगरलाई तोकेपछि धनकुटामा ३३ दिन जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि धनकुटामा अन्श्तिकालिन कफ्र्यु लागु गरिएको छ ।

आन्दोलनकारीहरुले धनकुटाका सरकारी कार्यालय,सवारी साधनहरुमा आगजनी र तोडफोड गरेपछि स्थानिय प्रशानले उक्त कफ्र्यू आदेश जारी गरेको हो । बिहिबार बिहान आन्दोलनकारी र प्रशरी बीच भएको धडपकडका कारण धनकुटा बजारका बिभिन्न स्थानहरुमा झडप भएको थियो ।

धनकुटाको,मदन चौक,बिच बजार,भिमनारायण चौक लगाएत बिभिन्न स्थानमा भएको झडपमा स्थिति नियन्त्रण लिन प्रहरीले करिव आधा दर्जन अश्रु ग्यांस प्रहार गरेको थियो । आक्रोशित आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेर एक कोठाको क्प्युटर र फनिर्चर जलाईदिएका छन् ।
त्यस्तै सहरी बिकास कार्यालयको को १ बा १०६४ नं।को मोटरसाईकल जलाईदिएका छन् । त्यतै आगो निभाउन गएका धनकुटा नगरपालिकाको बारुण यन्त्र९दमकल०मा तोडफोड गरिएको छ ।

त्यस्तै मोरङ्गबाट भोजपुर बिरामी लिन गएको को २ च ४३२ नं।को एमबुलेन्समा समेत तोडफोड गरिएको छ । आन्दोलनकारीहरुले श्रेत्रीय प्रशासन,शहरी बिकास,हुलाक,उच्च अदालत बिराटनगर धनकुटा ईजलास,मालपोत लगाएतको बिभिन्न कार्यालयहरुमा तोडफोड गरेका छन् ।

झडपमा परी नेपाली कांग्रेस धनकुटाका कोषाध्य दिनेश राई सहित ७ जना घाईते भएका छन् । राईको टाउकोमा चोट लागि गम्भिर घाईते भएको र अन्यको अबस्था सामान्य रहेको आन्दोलन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । जिल्लाको अबस्था थप गम्भिर हुन नदिन कफ्र्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार