सुदन किरातीको उत्तेजित भाषण प्रति एमाले अरुण गाँउपालिका कमिटीको विरोध


भोजपुर २७ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले भोजपुरको अरुण गाँउपालिकामा एमाले बिरुद्ध उत्तेजित भाषण दिएकोप्रति एमालेले आपत्ति जनाएको छ ।

नेकपा एमाले अरुण गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद घिमिरे र सचिव सुबास मगरले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै एमाले नेताकार्यकर्तालाई मोसो दल्न, जुत्ताको माला लाउन, कुटपिट गर्न कार्यकर्तालाई आदेश दिँदै त्यसको जिम्मा आफुले लिने भनेकोमा एमालेले आपत्ति जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘जिम्मेवार जनताको जनप्रतिनिधिबाट यस किसिमका निकृष्ट शब्दावली प्रयोग गरको प्रति हाम्रो गाँउ पार्टी कमिटी घोर भत्सना र निन्दा गर्दछ ।’ कात्तिक २४ गते गाँउपालिका वडा नम्बर २ चम्पेको नेकपा माओवादी केन्द्र को वडा अधिबेसनमा बोल्दै किरातीले उत्तेजित भाषण दिएका थिए । कार्यक्रममा एमालेका वडा नम्बर २ का अध्यक्ष चन्द्रबहादुर खत्रीलाई समेत बोलाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार