भोजपुरको हतुवागढीमा सेनाद्धारा बृक्षरोपन


भोजपुर, २० असोज । नेपाली सेनाको फष्ट रैफल गण भोजपुरले हतुवागढी गाउँपालिकाको सतभैया सामुदायिक वनमा बृक्षरोपन गरेको छ । सेनाले ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपनको अभियान ल्याएको हो ।  वनमा धुपी सल्ला, तेजपत्ता, पयूँ, मसला लगाएतका एक हजार बढी विरुवा रोपिएको सेनाले जनाएको छ ।

यो अभियान अन्तर्गत जिल्लाभर १२ हजार विरुवा रोप्ने योजना रहेको फस्ट रैफल गण भोजपुरका गणपति विश्वनाथ तिमल्सिनाले जानकारी दिए । सेनाले थालेको विरुवा रोपनको काम सरहाणिय रहेको बताउदै यसको संरक्षण तथा विकासमा स्थानीय सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताए । रोपिएका विरुवालाई संरक्षण नेपाली सेना तथा स्थानीय तहले गर्ने बताएका छन् । सेनाले यस अघि भोजपुर नगरपालिका १२ मा रहेको पारपानी इनामे सामुदायिक बनमा पनि वृक्षरोपन गरी सकेको छ ।

कार्यक्रममा हतुवागढी गाउँपालिका अध्यक्ष, प्रेम कुमार राई, नेपाल प्रहरी, सरकारी तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिधिनिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार