जागृती महिला बहुउदेश्यीय सहकारीको भोजपुरको दशौं साधारण सभा सम्पन्न


भोजपुर, २९ भदौ । जागृती महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भोजपुरको दशौं  साधारण सभा सम्पन्न भएको छ । सभामा संथाको आर्थिक वर्ष २०७७÷०७८ को ३० लाख बरावरको आय तथा व्यय विवरण प्रस्तुत गरिएको छ । सभामा संस्थाको बार्षिक प्रतिवेदन दिलकुमारी राई र अर्थिक प्रतिवेदन सत्यकला राईले प्रस्तुत गरेका थिए ।

संस्थाका संचालक समितिका अध्यक्ष सिर्जना राईले प्रस्तुत प्रतिवेदनको विषयमा उठेका जिज्ञासाहरुको विषयमा स्पष्ट पार्दै चालु आव ०७७/७८ मा सहकारीले गरेको उपलब्धी, भावीयोजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीको बारेमा जानकारी गराएका थिए । त्यस्तै संस्थाले महिलाको हितमा काम गरी रहेको र आगामी दिनमा सहयोग जुटेमा पातको दुना टपरी उद्योग सञ्चालन गरेर महिलाहरुलाई रोजगार समेत प्रदान गर्ने अध्यक्ष राईले जानकारी दिइन् । अध्यक्ष राईले भनिन्,‘ हामीले सहकारीको माध्यमबाट विभिन्न कामहरु गरिरहेका छौँ । आवश्यक मात्रमा साथ सहयोग जुटेमा रोजगारीको सृजना गर्दै यसलाई अझ सशक्त बनाउने योजनाका साथ गतिवधि बढाउने लक्ष्य छ ।’

आईतबार सम्पन्न सभाको प्रमुख अतिथी भोजपुर नरपालिका उमेयर ममिता राई विषेश अतिथीहरुमा संस्थापक अध्यक्ष विष्णुकुमारी राई, बचत तथा सहकारी संघ भोजपुरका अध्यक्ष भरत ताम्राकार लगाएतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार