कोभिड कारण वैदेशिक रोजगारी गुमाएकालाई आयमुलक काममा जोडिने


भोजपुर, १४ माघ ।
कोडिभका कारण वैदेशिक रोजगारी गुमाएकाहरुलाई लक्षित गरेर प्रर्वद्धानात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । कोभिडले विदेशमा रोजगारी गुमाएका तथा घर आएर पुनः रोजगारीमा विदेश जान नपाएकाहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

स्थानीयस्तरमा रोजगारी सृजना गरेर उनीहरुलाई आयमुलक काम जोड्नको लागि कार्य योजना तयार गरिएको हो ।भोजपुर नगरपालिका भित्रका रहेका त्यस्ता नागरिकलाई लक्षित गरेर यहि माघ १८ गते देखि फागुन २ गतेसम्म वडास्तरमा सूचना प्रकाशन गर्ने, फागुन ९ गते वडास्तरमा संकलन भएका निवेदन नगरपालिकामा पठाउने, फागुन १४ गते निवेदनहरुको अनलाइन तथ्याङक अभिलेखिकरण गर्ने र समृद्धि आयोजनामा पठाउने लगाएतका कार्ययोजना तयार पारिएको आप्रवासी स्रोत केन्द्रका सूचना अधिकृत खगेन्द्र खड्काले जानकारी दिए ।जिल्लामा नै वैकल्पिक उपार्जनका अवसरमा पहुँच पु¥याउन तथा बढ्दै गएको बेरोजगारीलाई हटाउदै आयआर्जनमा जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आप्रवासी स्रोत केन्द्र भोजपुरले जनाएको छ ।भोजपुर नगरपालिकाका मेयर कैलाश कुमारआलेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कोभिड १९ का कारण वैदेशिक रोजगारीबाट फर्केर आएका तथा रोजगारीमा जान नपाएका युवाहरु, उद्योग वाणिज्य संघका पदाधीकारी, समृद्धि आयोजनाका कर्मचारी, नेपाल उद्योग वाणीज्य महासंघ कृषी उद्यम केन्द्रका विज्ञ कर्मचारी लगाएतको सहभागीता रहको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार