
इटहरी, ८ पौष । दिगो विकासका लागी राष्ट्रीय युवा संजालको प्रदेश १ स्तरिय भेला तथा संजाल गठन कार्यक्रम सम्पन्न भएको छ। प्रदेश स्तरिय भेलाले माधव / प्रचण्ड पक्षकी अनेरास्ववियु का केन्द्रिय कमिटी सदस्य तथा नेकपा जिल्ला कमिटी सदस्य मनिशा आचार्य लाई धेरै मतान्तर ले पछि पार्दै ओलि पक्षिय लक्ष्मण चौहान प्रदेश संयोजक बन्न सफल भएका छन् । भोजपुरका लक्ष्मण चौहानको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिती समेत गठन गरेको छ । जसमा उपाध्यक्ष ताप्लेजुङ का नारद गुरागाई र सुनसरी कि जानुका जमरेलकट्टेल, सचिवमा इलामका सुशान्त चापागाईं, सह(सचिवमा संखुवासभा का संजय ओझा, कोषाध्यक्षमा ओखलढुंगा कि मनिशा निरौला तथा बाकी सबै जिल्ला को प्रतिनिधि हुने गरि सदस्यहरुमा मनिशा आचार्य, कुमार कट्टेल, युवा तिमल्सिना, सवित्री मगर, अनिशा गिरि, राम प्र। खतिवडा, सुवास खनाल र विष्णु उपरकोटी रहेका छन्। साथै प्रदेश समितिको बैठकले एकजना सदस्य मनोनित समेत गरेको छ। जसमा नेपाल युवा परिषद का पुर्ब प्रदेश संयोजक सुशील राजभर लाई चयन गरेको छ। संजाल ले १ महिना भित्र मा सबै जिल्ला मा जिल्ला संजाल समेत बनाइने नव निर्वाचित प्रदेश संयोजक लक्ष्मण चौहान ले जानकारी दिनु भएको छ।
युवाअधिकार तथा युवा सरोकारको क्षेत्रमा विगत पाँच वर्षदेखी स्थानिय स्तरदेखि राष्ट्रीय र अन्तरास्ट्रिय स्तरमा कार्यसम्पादन गर्दै आइरहेको दिगो विकासका लागि राष्ट्रिय युवा संजाल, प्रदेश १ स्तरिय युवा भेला तथा संजाल गठन कार्यक्रम सम्पन्न भएको हो ।
सामुदायिक विकास समाजका लव श्रेष्ठको अध्यक्षता, प्रदेश नं १ का माननीय सांसद कुशल लिम्बुको विशिष्ट अतिथ्यता तथा संजालका राष्ट्रिय अध्यक्ष अमृत देवकोटा, विद्यार्थी नेता ओसिम आलम, पत्रकार लगायतको अतिथ्यतामा कार्यकम सम्पन्न भएको छ । साथै






















