भोजपुरमा आगलागीमा परेर बालिकाको ज्यान गयो


भोजपुर, १५ असार ।
भोजपुरको अरुण गाउँपालिका -३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आग्लागी हुँदा उहाँकी ३ वर्षीय नातिनी विष्णुमाया कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।आइतबार भएको आग्लागीमा परि गम्भिर घाइते भएकी बालिकालाई प्राथामिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

बाटोमा लैजादै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भिर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राती मृत्यु भएको प्रहरीको भनाइ छ ।कार्कीको घरमा बिद्युत सर्ट भई आगलागी घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिव रु . १७ लाख बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार