पौवादुङमा गाउँपालिकाका सबैको पिसिआर रिपोर्ट नेगेटिभ


भोजपुर,२३ जेठ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा आरडिटि रिपोर्ट पोजेटिभ आएका सवैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै स्वाब संकलन गरेर पिसिआरको लागि पठाइएको थियो ।

 उनीहरुको रिपोर्ट नेगेटिभ आएपनि थप सतर्कता अपनाईएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । साथै गाउँपालिकाले अत्यावश्यक काम बाहेक बाहिर नहिड्न सबैलाई सवैलाई आग्रह गरेको छ । अध्यक्ष राईले भने,‘ सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आयो यो खुसीको कुरा हो, तर स्थानीय नागरिकलाई सचेत रहन आग्रह गरेका छौ,अत्यावश्यक काम बाहेक बाहिर हिड्ने मनाई गरेका छौ, साथै काम लागि पनि बाहिर निस्कदा मास्क, सहित अनिवार्य रुपमा सामाजिक दुरी कायम गरेर मात्र हिड्न सवैमा आग्रह गर्दछु’ ।

कोरोना भाइरसलाई परास्त गर्न स्थानीय सरकार गम्भिर भएर लागेको बताउदै उनले स्थानीय नागरिकलाई नआत्तिन र सम्यता अपाउन आग्रह गरे । ‘ हामी कोराना भाइरससंग लड्नको लागि जस्तो सुकै मुल्य चुकाउन पनि तयार छौ, कोरोना संक्रमण फैलिन नदिन स्थानीय सरकारले आफ्नो क्षमता अनुसारको सवै सम्यन्त्र प्रयोग गरेर लागेको छ, स्थानीय नागरिकलाई नआत्तिकन सम्यता अपनाउन अनुरोध गर्दछु ।’ अध्यक्ष राईले भने, अरुण गाउँपालिकामा भारतबाट आएका नागरिकलाई राख्न निर्माण गरिएको होल्डिङ एरियालाई थप व्यवस्थित बनाउन सबै स्थानीय तहसंगै स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय जुटेर समस्याको समाधान गरिन्छ, होल्डिङ एरियामा बसेका पाँच जनामा कोरोना संक्रमण देखिनु दुखदायी छ, यस तर्फ हामी सबै गम्भिर बन्न आवश्यक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार