
भोजपुर १० बैशाख । भोजपुरमा जिल्ला स्तरिय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ ।
आज नेपाल बार एसोसियसन भोजपुरका अध्यक्ष प्रकाश चन्द्र शाक्यको संयोजकत्वमा पाँच सदस्य जिल्ला स्तरिय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरिएको हो । कोभिड -१९ बाट उत्पन्न जटिल परिस्थितिमा मानवअधिकारको अवस्थाको अनुगमन गर्न राष्ट्रिय मानवधिकार आयोग, नेपाल वार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैह्रसरकारी महासंघ विच सहकार्यभइ अनुगमन समिति गठन गरिएको समितिका संयोजक प्रकास चन्द्र शाक्यले बताए । समितिको सदस्यमा गैह्रसरकारी महासंघका अध्यक्ष बलराम राई , नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका कार्यबाहक अध्यक्ष एक्सन, राई, मानवअधिकार कर्मीहरु गणेश विष्ट र शम्भुराई रहेका छन् ।






















