पौवादुङमा गाउँपालिकाद्धारा विदेशबाट फर्केकाहरुको स्वास्थ्य परिक्षण


भोजपुर २६ चैत्र । कोरोना भाइरस(कोभिड–१९) फैलिन नदिन पौवादुङमा गाउँपालिकाले विदेशबाट आएका १३ जना स्थानियको स्वास्थ्य परिक्षण गराएको छ । भारतबाट आएका पाँच जना कतारबाट आएका चार जना र अन्य विभिन्न ठाँउबाट आएका गाउँपालिकाका नागरिकको बुधबार स्वास्थ्य परिक्षण गरिएको हो । गाउँपालिकाले जिल्ला अस्पतालका डाक्टरहरुको टोली लगेर गाउँपालिका केन्द्र च्याङ्ग्रेमा उनीहरुको स्वास्थ्य परिक्षण गराएको हो । परिक्षणमा सवैको अवस्था सामान्य रहेको जिल्ला अस्पताल भोजपुरका डाक्टर कैलास विश्वकर्माले बाताए । कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा विदेशबाट आएका उनिहरुको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने‘हामीले कोरोना विरुद्ध उच्च सर्तकता अपनाएका छौ, विषेश गरेर विदेशबाट आएका ब्यक्तीहरुलाई ध्यानमा राखेर उनीहरुको स्वास्थ्य परिक्षण गराएका हौ, पैदल यात्रुलाई लक्षित गर्दै गाउँपालिका छिर्ने नाकाहरुमा हेरालुको व्यवस्था गरेका छौ । ’

गाउँपालिकाले लकडाउनको अवस्थामा विभिन्न खाले सेवा सुविधा प्रदान गर्न साथै जनचेतना जगाउनको लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा ‘कोभिड–१९ ¥यापिड रेस्पोन्स टिम’ परिचालन समेत गरेको छ । कोराना फैलिन नदिन गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई होम क्वारेन्टाइानमा राख्ने व्यवस्था गरेको छ, भने ६ वटै वडाको प्रत्येक टोलटोलमा ५४ जना स्वास्थ्य स्वयम सेविकालाई परिचालन गरेर अन्य मानिसहरुको रेकर्ड राखेर उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिईरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताईन । उपाध्यक्ष राईले ‘भनिन् हामी प्रत्यक स्वास्थ्य चौमा दुई वटाको दरले १२ वटा क्वारेन्टाइम बनाएका छौ अव तत्काले गाउँपालिकाको कवर्ड हलमा समेत निमार्ण गर्ने तयारीमा गाउँपालिका लागेको छ । ’

त्यस्तै कोरोना प्रचार प्रसार तथा सचेतना फैलाउनका लागि सुरक्षाकर्मीका ईन्चार्जलाई दैनिक तीन सय, अन्य सुरक्षाकर्मीलाई २/२ सय, स्वास्थ्य ईन्चार्जलाई तीन सय अन्य स्वास्थ्यकर्मीलाई २/२ सयका दरले प्रोत्साहन स्वरुप खाजा खर्च र एक हजार सञ्चार खर्च उपलव्ध गराएको छ । त्यस्तै स्वयम सेविकाहरुलाई पनि पाँच सय सञ्चार खर्च उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत रमेश राईले बताए । हेरालुलाई भने दैनिक एक हजार भत्ता र सञ्चार खर्च एकमुष्ट एक हजार दिएको गाउँपालिकाले जनाएको छ ।  त्यस्तै गाउँपालिकाले कोरोनाको संक्रमणको शंका लागेमा गाउँपालिकाको एम्वुलेन्समा उनीहरुलाई धरान सम्म लगेर स्वाव परिक्षण गर्ने समेत ब्यवस्था मिलाएको जनाएको छ । विगतका दिनमा भएको सुख्खा खडेरी, बाढी पहिरो, अमेरिकन फौजी किराको प्रकोप लगाएत कारणसंगै कोरोना भाइरसलाई मध्ये नजर गर्दै सामान्य रुपमा दुई महिना सम्म खान पुग्ने गरी करिब २ हजार ५ सय विपन्न परिवारलाई राहत वितरण गर्ने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । जसको लागि हाल गाउँपालिकाको विपत व्यवस्थापन कोषमा ९३ लाख रुपैया रहेको र त्यसलाई पनि थप गर्दै लैजाने अध्यक्ष राईले बताए । अति महत्वपुर्ण बाहेक अन्य सवै कामलाई यो संक्रमणबाट वच्न सम्पुर्ण गाउँपालिका बासीलाई गाउँपालिकाले आवहान गरेको छ । त्यस्तै कोरोना संक्रमणले गर्दा सम्पुर्ण विकास निमार्णको काम ठप्प भएको अध्यक्ष राईले बताए । राईले भने ‘ सम्पुर्ण विकास निमार्णका योजनाहरु काम रोकिएका छन्, आगामी वर्ष ल्याउने प्रदेश तथा केन्द्र सरकारको वजेटमा यसलाई समेत समेटेर बजेट ल्याउनु पर्छ । ’

जसकालागि नेपाल ईन्भेष्ट मेन्ट बैंक शाखा कार्यालय तिवारी भञ्जाङमा गाउँपालिकाको खाता नम्वर ०६६०१४००२५००८५ राहत कोषमा रकम जम्मा गर्न सवैमा गाउँपालिकाले आह्वान समेत गरेको छ । त्यस्तै जिल्लाका सबै नाकाहरुमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । कोरोना संक्रमणबाट सुरक्षित रहन सवैलाई सरकारले लागु गरेको लकडाउनको पालना गरि घरैमा वस्न सवैलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार