कोरोना भाइरसबाट बच्न पौवादुङमा गाउँपालिकाद्धारा उच्च सतर्कता, तीन वटा नाका सिल गर्दै हेरालुको व्यवस्था


भोजपुर, २५ चैत्र ।
पौवादुङमा गाउँपालिकाकाले कोरोना भाइरस(कोभिड–१९) बाट बच्नको लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । गाउँपालिकाले लकडाउनको अवस्थामा विभिन्न खाले सेवा सुविधा प्रदान गर्न साथै जनचेतनाका जगाउनको लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा ‘कोभिड–१९ ¥यापिड रेस्पोन्स टिम’ परिचालन गर्ने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्न कडाई गर्दै तीन वटा नाकामा पैदल यात्रुलाई लक्षित गर्दै हेरालु राख्ने भएको छ ।
गाउँपालिका प्रवेश गर्ने सिक्रे, फत्तेपुर र अधेँरी नाकामा हेरालुको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । कोराना फैलिन नदिन गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई होम क्वारेन्टाइानमा राख्ने व्यवस्था गरेको छ, भने स्वास्थ्य स्वयमसेविकालाई परिचालन गरेर अन्य मानिसहरुको रकर्ड राखेर उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिईरहेको छ ।
त्यस्तै गाउँपालिकाकाले कोरोनाको संक्रमणको शंका लागेमा गाउँपालिकाको एम्वुलेन्समा उनीहरुलाई धरान सम्म लगेर स्वाव परिक्षण गर्ने समेत ब्यवस्था मिलाएको जनाएको छ । विगतका दिनमा भएको सुख्खा खडेरी, बाढी पहिरो, अमेरिकन फौजी किराको प्रकोप लगाएत कारणसंगै कोरोना भाइरसको यो विषम परिस्थितिलाई मध्ये नजर गर्दै सामान्य रुपमा दुई महिना सम्म खान पुग्ने गरी करिब ३ हजार विपन्न परिवारलाई राहत वितरण गर्ने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । जसको लागि हाल  गाउँपालिकाले तयार गरेको कोषको खातामा रु ९४ लाख रुपैया रहेको र त्यसलाई पनि थप गर्दै लैजाने अध्यक्ष राईले बताए ।
अध्यक्ष राईले भने,‘ विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणलाई फैलिन नदिनमा हाम्रो स्थानीय सरकार गम्भिर भएर लागि परेको छ, गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरु सिल गरेका छौ, लकडाउनको समयमा स्थानीयमा पर्ने समस्याको विषयमा गम्भिर छौ, दैनिक ज्यालादारी गरेर छाक टार्ने तथा अन्य विपन्न परिवारको सम्वन्धमा राहतको व्यवस्था गर्ने तयारीमा छौ, हाम्रो तहबाट हुन सक्ने सवै सम्यन्त्र परिचालन गरेर उच्चसतर्कतको साथ लागेको छौ, यो अवस्थामा सहयोग गर्न सवै स्थानीय जनतालाई आग्रह गर्दछु ।’ गाउँपालिकाले १३ बुदे बिज्ञप्ती जारी गर्दै कोरोनाबाट बच्नको लागि गरिरहेको कामको विषयमा जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार