भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु


भोजपुर, १ चैत्र ।
भोजपुरको आमचोक गाउँपालिका –९ को माजदखानीमा ट्याक्टर दुर्घटना हुँदा सह –चालकको मृत्यु भएको छ । भित्री सडक हुँदै दुम्मानाबाट रानीटारबाट तर्फ जादै गरेको ना ३ त ८७५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही वडाको बोक्सेटार घर भएका सह–चालक १८ वर्षीय तेजबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशी जानकारी दिए । शुक्रबार राती घटना भए लगतै चालक फरार रहेको प्रहरीले जनाएको छ । लास र ट्याक्टर घटना स्थलमै रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार