भोजपुरमा ट्रकको ठक्करबाट दुई घाइते, घाइते दुवैलाई धरान लगियो


भोजपुर, ३० फागुन ,
भोजपुरको पानीट्याङ्कीमा ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । शुक्रबार भोजपुरबाट लेगुवा तर्फ जादै गरेको ना ८ख ८०३८ नम्बरको ट्रकको पछाडीको फलेकले लाग्दा षडानन्द नगरपालिका-९ बस्ने ४६ वर्षीय जनरुपा राई तामाङ र उनकी छोरी २४ वर्षीय मनु तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।घाईते दुवै जनाको शिद्धाकाली हस्पिटल भोजपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान घरान लागिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजबंशीले जानकारी दिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार