
काठमाण्डौ, १८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सन् २०२० का लागि देशबाहिर हुने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।
कोरोना भाइरसको संक्रमण विश्वव्यपी बनेकोले देशबाहिर भैरहेका औपचारिक कार्यक्रम स्थगित गरिएको पर्यटनमन्त्री योगेश भटराईले काठमाण्डौमा भएको एक कार्यक्रममा जानकारी गराए
भ्रमण वर्षको अवसरमा विदेशमा रहेका विभिन्न संघसस्था तथा निकायले गर्ने कार्यक्रम स्थगित गरिएको नेपाल भ्रमण वर्ष सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिए । मन्त्री भटराईले नेपाल भ्रमण वर्षलाई आन्तरिक भ्रमण वर्षमा रुपान्तरण गर्ने कि भनेर सोचिरहेको पनि बताए।






















