भोजपुर अस्पतालको बन्द रहेको शल्यक्रियाबाट गरिने प्रशूति सेवा पुनः सुचारु


भोजपुर, १६ फाल्गुन ।

जिल्ला अस्पताल भोजपुरमा शल्यक्रियाबाट गरिने प्रशूति सेवा पुनः सञ्चालनमा आएको छ । शल्यक्रिया पर्ने विषेशज्ञ डाक्टर नहुँदा बन्द रहेको सेवा विहिबारबाट सञ्चालनमा आएको हो । अस्पतालमा एमडीजीपी डाक्टर अमितेसराज पाण्डे आएपछि सेवा सुचारु भएको अस्पतालले जनाएको छ । डाक्टर पाण्डे सहित जिल्ला अस्पताल भोजपुरकी प्रमुख डाक्टर पवित्रा श्रेष्ठ लगाएत अन्य स्वस्थ्यकर्मीको टोलीले एक महिलाको सफल शल्यक्रिया गरेर पशुति समेत गराएका छन् ।
गत साउन महिनाको अन्तिमबाट शल्यक्रियाबाट गरिने प्रशूति सेवा बन्द थियो । अस्पतालमा सामान्य प्रशूति सेवा शुचारु भएपनि शल्यक्रियाबाट गरिने प्रशूति सेवाको लागि भने धरान, विराटनगर, काठमाण्डौ लगाएत शहरका अस्पतालमा रिफर गर्नु पर्ने अवस्था थियो । अस्पतालमा मासिक रुपमा ६ देखि ७ जना सम्म महिलाको शल्यक्रियाबाट प्रशूति गराउनु पर्ने अवस्था रहने गरेको जिल्ला अस्पताल भोजपुरकी प्रमुख, डाक्टर पवित्रा श्रेष्ठले जानकारी दिइन् ।

डाक्टर श्रेष्ठले भनिन्‘ लामो समयबाट बन्द रहेको सेवा अथक प्रयासपछि सञ्चालनमा ल्याउन पाउँदा धेरै खुसी लागेको छ, अव हाम्रा दिदी बहिनीहरुले यहि राम्रो सेवा पाउने अवस्था बनेको छ, सेवा सञ्चालनमा ल्याउन पहल गर्ने सवै सरोकारवाला पक्षलाई धन्यबाद भन्न चाहन्छु ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार