भोजपुरको खैराङ -पात्लेपानी ९ किलोमिटर सडक स्तरउन्नतिको काम अन्तिम चरणमा


भोजपुर २० पुस ।
भोजपुरको हतुवागढी गाउँपालिकामा रहेको खैराङ – पात्लेपानी ९ किलोमिटर सडक स्तर उन्नतिको काम समयमै सम्पन्न हुने भएको छ । सडक स्तर उन्नति भए संगै यस क्षका स्थानियलाई सहजता भएको छ । भोजपुरको दक्षीणी क्षेत्रलाई तराई संग जोड्ने खैराङ पात्लेपानी ९ किलोमिटर सडक स्तर उन्नतिको काम पुगेको हो । गत साउन महिनाबाट काम सुरु गरेको मार्सेलि निमार्ण सेवाले अहिले सम्म ९५ प्रतिशत काम सम्पन्न गरि सकेको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।

समयमै काम सम्पन्न हुने भए पछि स्थानिय खुसी भएका छन् भने आवत जावतमा समेत सहजता भएको छ । कामलाई गुणस्तरिय बनाउन बेला बेलामा अनुगमन गरिएको तथा प्राविधिक खटाईएकोले मापदण्ड अनुसारकै सडक निर्र्माण गरिएको पुवार्धार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डिले बताए ।प्रदेश एक सरकार अन्तरर्गत एस एन आर टिपी कार्यक्रमको १ करोड ४२ लाख लागतमा सडक स्तर उन्नतिको काम गरिएको हो ।

सडक निमार्णको सम्झौतामा उल्लेख गरिए भन्दा पनि राम्रो काम गरिएको अनुगमनको क्रममा पाईएको छ । भोजपुरमा अहिले सम्मकै गुणस्तरिय सडक निमार्ण गरेको जिल्ला समन्वय समिति भोजपुरका प्रमखु लक्षमण खड्का बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार