नेपाल फोटोपत्रकार महासंघ भोजपुरको अध्यक्षमा विष्ट


भोजपुर, १ पुस ।
नेपाल फोटो पत्रकार महासंघ भोजपुरको अध्यक्षमा राजधानी दैनिकका पत्रकार युवराज विष्ट चयन भएका छन् । मंगलबार भोजपुरका पत्रकारहरुको भेलाले विष्टलाई महासंघ भोजपुरको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा अर्जुन बस्नेत, सचिव प्रदिपचन्द्र राई, कोषाध्यक्ष कबिता खड्का सहित ९ सदस्य कार्यसमिति चयन गरेको हो । विभिन्न सञ्चार माध्यममा आवद्ध भई क्रियाशिल रुपमा काम गरिरहेका पत्रकारहरुलाई समेटेर समिति गठन गरिएको हो । पछिल्लो समयमा व्यावसायिक रुपमा पत्रकारिता गर्ने पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट पनि व्यावसायिक पत्रकारितामा थप टेवा पु¥याउने उद्देश्यले शाखा गठन गरिएको हो । त्यस्तै भेलाले यहि ३ गते विराटनगरमा हुने महाधिवेसनको लागि प्रतिनिधि समेत छनौट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार