डिप्रोक्स लघुवित्त वितिय संस्था भोजपुरको वितिय साक्षरता कार्यक्रम सम्पन्न


भोजपुर २१ मंसिर ।  डिप्रोक्स लघुवित्त वितिय संस्था शाखा कार्यालय भोजपुरले एक दिने वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवितमा आवद्ध जिल्लाका विभिन्न ठाउँका ९० महिलालाई वित्तिय साक्ष गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको शाखा प्रवन्धक कुल मणी वरालले जानकरी दिए ।

त्यस्तै कार्यक्रममा महिला शशक्तीकरणमा जोड दिदै कसरी आत्मा निर्भर बन्न सकिन्छ भन्ने विषयमा जोड दिएको थियो । प्रदेश एक प्रमुख राजेस थापाले वितिय संस्थाको विषयमा सम्पुर्ण जानकारी दिदै सदस्यहरुको गुनासो सम्वोधन समेत गरेका थिए । शनिवार भोजपुर बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले अतिथी, डिप्रोक्स लघुवित्त वितिय संस्था प्रदेश प्रमुख राजेस थापा मगर रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार