अवैध रुपमा सेतोचिनी संकलन गर्ने एक पक्राउ, तीनविरुद्ध पक्राउ पुर्जि जारी


डोल्पा, २१ मंसिर । शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा पाइने खिराङ्गलो अवैध रुपमा संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। शे(फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगत रहेको त्रिपुरासुन्दरी मध्यवर्ती वन क्षेत्रमा पाइने खिराङ्गलो९सेतो चीनी० अवैध रुपमा संकलन गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-१ रल्लीका ठेकिलाल कुलाललाई निकुन्जबाट खटिएर गएको नेपाली सेनाले पक्राउ गरेको हो।

शेफोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगार्डका सूचना अधिकारी गोपाल खनालले अवैध रुपमा जडिबुटि संकलन गरेको भन्ने सुराकीको आधारमा त्रिपुरासुन्दरी नगरपालिका(१ रल्ली गाउँका २८ वर्षीय ठेकिलाल कुलाललाई पक्राउ गरिएको नागरिकलाई बताए। सूचना अधिकारी खनालका अनसार कुलालसहित रुकुम जिल्ला खदि घर भई डोल्पामा जडिबुटिको व्यापार गर्दै आएका विनाराम ऐडि भनिने सेते ऐडि त्रिपुरासुन्दरी नगरपालिका(२ रुमका राजु सुनार त्रिपुरासुन्दरी नपा(२ रसिका सार्कु बुढालाई पक्राउ पुर्जि जारी गरिएको र पक्राउको लागि निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनालाई परिचालन गरिएको छ।

सम्बन्धित मध्यवर्ती वन क्षेत्र व्यवस्थापन समिति र शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय कसैलाई पनि जानकारी नदिई विना अनुमति वन क्षेत्रमा खिराङ्गलोको संकलन गरि चोरी(निकासी गरेकाले पक्राउ गरिएको निकुन्जले जनाएको छ। सूचना अधिकारी खनालका अनुसार पक्राउ गरिएका ठेकीलाल कुलाललाई थनुवा पुर्जि दिई स्वास्थ्य परिक्षणसमेत गरि सकिएको र बाँकी तीन जनालाई पक्राउ गरि अनुसन्धानपछि आवश्यक कारवाही अगडि बढाइने छ।

पछिल्लो समयमा डोल्पाका वन क्षेत्रबाट जडिबुटिको चोरी निकासी बढ्न थालेपछि शे- फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालयले चोरीनिकासी हुने क्षेत्र र सीमा नाकामा सुरक्षा निगरानी बढाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार