
भोजपुर, २० मंसिर ।
भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौ सिधा यातायात सुरु भएको छ । सुपर खोटाङ भोजपुर यातायात प्रा.लि ले सिधा यातयात सञ्चालनमा ल्याएको हो ।
यहि मंसिर १६ गतेबाट सेवा दिँदै आएको प्रा. लि.ले आज जिल्ला प्रशासन कर्यालय भोजपुरमा भएको छलफल पछि भाडा समेत निर्धारण गरेको छ । भोजपुरबाट दिक्तेल हुँदै काठमाडौको सुमोको दुई हजार र बसको एक हजार ७०० भाडा निर्धारण गरेको हो । सुमो प्रत्येक दिन विहान ४ः ३० बजे भोजपुर डाँडागाउँबाट र ५ः४५ बजे देउरालीबाट छुट्ने प्रा.लि का अध्यक्ष दिवाशन राइले जानकारी दिए । अहिले सुमोबाट सेवा दिने र यात्रुको चाप बढेमा आवश्यकता अनुसार अरू यातायातका साधन सञ्चालन गर्ने व्यावसायीहरुले बताएका छन् ।
छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले व्यवसायीलाई यात्राका क्रममा यात्रुसंग व्यवहार राम्रो गर्न, तोकिए भन्दा बढी भाडा नलिन तथा यात्रुलाई सुरक्षित तवरले गन्तव्य सम्म पुर्याउन आग्रह गरे । सो रुटबाट काठमाडौ– भोजपुरको दुरी ३६६ किलोमिटर रहेको छ । यो भोजपुर– काठमाण्डौको सवै भन्दा छोटो रुट हो ।






















