भोजपुरमा भाईको चिर्पट प्रहारबाट दाईको ज्यान गयो


भोजपुर, १८मंसिर ।
भोजपुरको अरुण गाउँपालिका ६ घाउखानीमा भाईको चिर्पट प्रहारबाट दाईको ज्यान गएको छ । १८ वर्षीय भाई डिकमान राईले चिर्पट प्रहार गरि आफ्नै दाई ४० वर्षीय सम्बर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत सोमबार मादक पदार्थ सेवन गरी दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेको र त्यही चिर्पट खोसेर भाईले दाईलाई प्रहार गर्दा घाइते भएकोमा आज (बुधबार) साँझ मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते सम्बरको उपचारको क्रममा घरमा नै मृत्यु भएको हो । हत्या गर्ने भाईलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार