(निर्वाचनअपडेट) भोजपुरमा शान्तीपूर्ण रुपमा मतदान हुँदै, ३ वजे सम्म ९ सय ५१ मत खस्यो


भोजपुर, १४ मंङ्सिर ।भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडा अध्यक्षका लागि भएको निर्वाचन शान्तिपुर्ण रुपले भईरहेको छ । आज विहान ७ :२० बजेबाट शुरु भएको मतदान प्रक्रिया ३ बजे सम्म ९५१ जनाले मतदान गरेको मतदान अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए । मतदाताले उत्साहजनक रुपमा मतदान गरिरहेका छन् ।  वडा अध्यक्ष पदको लागि नेकपाको तर्फबाट जितेन्द्र राई, नेपाली काङग्रेसको तर्फबाट समरबहादुर कार्की र मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले उमेदवारी परेको छ । उपनिर्वाचनमा एक हजार ६१६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा ८९२ महिला र ७७४ जना पुरुष रहेका छन् । कडा सुरक्षाको विच भएको मतदानमा ८२ बर्षीया बृद्धा धनमाया राईले पनि मतदान गरेकी छन् ।

मतदान स्थालको सुरक्षाको लागि सुरक्षाको सबै सम्यन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । जिल्लाबाट बाहिर जिल्ला जाने सवारी साधन सञ्चालनमा इस्कटिङको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरका प्रमुख, प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार