विप्लवका थाहा नगर इन्चार्ज पक्राउ


हेटौंडा, ८ कात्तिक । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका थाहा नगर इन्चार्ज अनुप भनिने श्यामकुमार लामा पक्राउ परेका छन् ।

लामालाई शुक्रबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले थाहा नगरबाटै पक्राउ गरेको हो ।

गत असोज २७ गते थाहानगरपालिका बडा नम्वर ५ को कार्यालयको आगजनीलगायत आपराधिक घटनामा संलग्न रहेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार