१८ जना जुवाडे पक्राउ


नवलपरासी, ४ कात्तिक । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आइतबार राति जुवा खेलिरहेका १८ जना पक्राउ गरेको छ ।

प्रहरीले राति साढे १ बजेको समयमा देवचुली नगरपालिका –६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक ९डीएसपी० अर्जुन रानाभाटले जानकारी दिए

जुवा खेलिरहेको ठाउँबाट प्रहरीले १ लाख ४२ हजार ९४० रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार