भोजपुरलाई खाँदबारी मेयर कपको उपाधी


भविन कार्की संखुवासभा १८ माघ ।
संखुवासभाको खाँदबारीमा सम्पन्न खाँदबारी मेयर कप भलिबल प्रतियोगिताको उपाधी भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । संखुवासभाको सभापोखरी गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै षडानन्द नगरपालिकाले उपाधी चुमेको हो ।

प्रतियोगिताको विजेताले तीन वर्षे रनिङ शिल्ड र प्रमाणपत्र सहित नगद एक लाख ३४ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, उपविजेता टिमले ट्रफी, पदक र प्रमाण पत्र सहित ६७ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । सेमि फाईनलमा प्रवेश गरेका मकालु गाउँपालिका र पाँचखपन नगरपालिकाले पनि ट्रफी र प्रमाणपत्र सहित जनहि नगद ३३ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको वेष्ट सेटरमा षडानन्द नगरपालिकाको दमन उदास घोषित भएकाछन् । त्यस्तै, बेस्ट स्पाईकरमा सभापोखरीको भवानी बाह्रकोटी, उत्कृष्ठ खेलाडीको रुपमा षडानन्द नगरपालिकाको प्रदिप श्रेष्ठ र वेष्ट डिफेन्समा पाँचखपनको सन्देश राई घोषित भएका छन् । प्रतियोगिताको अनुसासित टिमको रुपमा मकालु गाउँपालिकाको टिम घोषित भएको छ ।

पाँच वटै विधाका उत्कृष्ठ खेलाडी तथा टिमहरुले ट्रफी, र प्रमाणपत्र सहित जनही पाँच हजार रुपैयाँ हात पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार