सगरमाथा माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती सम्पन्न


भोजपुर, ९ पुस ।
भोजपुरको हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा विद्यालयको शैक्षिक विकास, उन्नयन तथा भौतिक पूर्वाधार विस्तारमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले विद्यालयले विगत पाँच दशकदेखि ग्रामीण क्षेत्रमा शिक्षा विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्न अझ प्रतिबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

भूतपूर्व माननिय धनहर्क राईको प्रमुख आथित्यतामा समापन्न कार्यक्रममा पूर्वमुख्य मन्त्री तथा एमालेका सचिव शेरधन राई, पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई, गाउँपालिका अध्यक्ष प्रेमकुमार लाईलगायतको उपस्थिति रहेको थियो ।


समारोहमा विद्यालयका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू प्रस्तुत गरिएको थियो। विद्यालय व्यवस्थापन समितिले स्वर्ण जयन्तीलाई स्मरणीय बनाउँदै आगामी दिनमा प्रविधिमैत्री शिक्षा, शैक्षिक गुणस्तर अभिवृद्धि तथा पूर्वाधार सुदृढीकरणमा जोड दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार